काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तयार गरेको आगामी मौद्रिक नीति पारित गरिने भएको छ। शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक डाकिएको छ। बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डा रहेको स्रोतले बताएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई यसबारे बिहीबार ब्रिफिङ गरेका छन्।
राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार बिहानको बैठकमा छलफल टुंगियो भने दिउँसो नै मौद्रिक नीति सार्वजनिक हुन्छ।
छलफल सकिएन भने १ बजेपछि अर्को बैठक बसेर भए पनि साँझसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
व्यवस्थापन समितिको छलफल करिब सकिएको र विभागीय प्रमुखसँगको छलफल पछि अहिलेको मस्यौदामा केही परिमार्जन हुनसक्ने बताइएको छ।
५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्ट लगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन्।
त्यस्तै, सेयर धितो कर्जाको व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमामा पुरावलोकन हुने सम्भावना रहेको पनि स्रोतको भनाइ छ।
माइक्रोफाइनान्समा लाभांश वितरण गर्न पाउने सीमा १५ प्रतिशत रहेकोमा त्यसमा परिमार्जनको सम्भावना रहेको पनि बताइन्छ।
बैंकहरूको बजारमा कर्जा प्रवाह गर्नसक्ने अवस्था सिर्जना गर्न आवश्यकता अनुसार केही कर्जाको जोखिम भारमा समेत पुनरावलोकन गर्ने केन्द्रीय बैंकको तयारी छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                