काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली तत्कालै जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन्।
शुक्रबार उद्योग, ऊर्जा मन्त्रालयका अधिकारी एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे छलफल गर्ने बताएका थिए। सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ।
प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरू छलफलमा सहभागी थिए।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                