काठमाण्डौ। निर्वेद मोटर्स प्राइवेट लिमिटेडले बनेपामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ। श्रावण ६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघको प्रताप वैध्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए।
निर्वेद मोटर्सको नयाँशोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ,जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ।
त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै,शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहितव्यापक सेवाहरू प्रदान गर्नेछ। बनेपामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले जनाएका थिए।
जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।
गुणस्तरीय उत्पादन,नवीन टेक्नोलोजीको प्रयोग,बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                