काठमाण्डौ । कुखुराको मासुको भाउ घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले साउन ७ गतेदेखि लागू हुनेगरी प्रतिकिलो १५ रूपैयाँले कुखुराको मासुको भाउ घटाएको हो ।
ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ थियो।
साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएकाले मूल्यमा कटौती गरिएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                