काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । आज काठमाण्डौबट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे विमानस्थलमा नजिकै दुर्घटना भएको हो ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । दुर्घटनापश्चात अहिले उद्धार कार्य जारी छ। प्रारम्भिक जानकारीअनुसार हालसम्म कम्तीमा १८ जनाको शव निकालिएको छ । विमानका चालक मनिष शाक्य शाक्यको भने उद्धार गरिएको छ । अहिले उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको ९ एन–एएमई सीआरजे २०० विमान दुर्घटनामा परेको थियो। दुर्घटनापश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण सेवा बन्द भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                