काठमाण्डौ। नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि.अटोमोबाइल्स प्रा.लि.ले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सिएसआर) अन्तर्गत ३००० वटा रूख-विरूवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
ओमोडाले यसैअन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन) सँगको सहकार्यमा ‘ग्रिननेपाल, ग्रिनरफ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो।
डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ-फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागीतामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय वासिन्दाको सहभागिता रहेको थियो।
आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरूमार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित योप हलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुकासाथै डोल्लु सामुदायिक वनका लागि उचित रूख-विरूवा पनि रोपिएको छ। योअभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो।
वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुकासाथै त्यहाँ रहेका लोपन्मुख प्रजातीका वनस्पति तथा जीवजन्तूको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्दछ। एस.पि.जि.अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रमअन्तर्गत १५०० रूख-विरूवा दक्षिणकालीमा र इलाममा ‘रेडपान्डा नेटवर्क’ सँगको सहकार्यमा रेडपान्डाको आरक्षणका लागि थप १५०० रूख-विरूवा पनि रोपेको छ।
एस.पि.जि.अटोमोबाइल्स, यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदुषणका नकारात्मक असरहरूलाई न्यूनिकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ।
एस.पि.जि अटोमोबाइल्स,पर्यावरण प्रवर्द्धन, लोपन्मुख जीवजन्तु संरक्षण,तथा जलवायु परिवर्तन अनुकुलनको निम्ति एक आपसमा समुदाय वा जुनसुकै निकायसँग सँधै हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा: एसपिजि अटोमोबाइल्स प्रा.लि नेपालमा ओमोडा एण्डजेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो। थप जानकारीका लागि ओमोडा नेपालको आधिकारिक वेबसाइट भिसिट गर्नुहोला। :https://omodanepal.com/

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                