काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम आजैदेखि सुरु गरिएको छ। दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
सौर्यको एन-एएमईरसिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरातर्फ उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्य बाहेक अरू सबैको मृत्यु भएको छ।
दुर्घटनाको २३ मिनेटपछि मात्र क्याप्टेनको उद्दार गरिएको थियो । ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो।
जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ।
त्रिवि शिक्षण अस्पतालका अनुसार एउटा शव पोस्टमर्टम गर्नका लागि न्यूनतम ४ घन्टा लाग्ने बताइएको छ।
शवको पोस्टमर्टम गर्नका लागि भने काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ।
२५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरेको छ। पोस्टमर्टम गरेको ७२ घन्टापछि मात्र मृतकको परिवारलाई शव बुझाइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                