काठमाण्डौ। लुम्बिनी केबलकारले आगामी साउन १४ देखि भदौ मसान्तसम्म सोमबारको दिनमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ। गत वर्ष सुरु भएको यो अफर पर्यटकहरुको मागअनुसार यस वर्ष पनि ल्याएको कम्पनीले जनाएको छ।
केबलकारको साधारण टिकटदर एक हजार रुपैयाँ छ । यो अफरअनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५०० रुपैयाँमात्र तिरे पुग्नेछ।
साउन १४ देखि भदौ मसान्तका ८ वटा सोमबारका दिन बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारले जनाएको छ।
‘बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिद गर्दामात्र छुट अफर लागू हुने बताइएको छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरुले ५०० भारुमा टिकट खरिद गर्नसक्ने केबलकारले बताएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                