काठमाण्डौ। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात भएको छ। यस अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात भएको हो।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोडको आलु बढी आयात भएको हो।
आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात भएको थियो।
आलु आयातबाट आर्थिक वर्ष २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार तथा गत आर्थिक वर्ष २०८०/८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                