काठमाण्डौ। बजारमा सेयर किन्न वा बेच्न चाहनेले इन्टरनेटको प्रयोगमार्फत घरमै बसेर सेयर कारोबार गर्न र कार्यान्वयनमा ल्याउन सकिन्छ। जुन एकदमै सजिलो छ। आज हामी तपाईंलाई अनलाइनबाट कसरी कारोबार गर्ने भन्ने बारेमा जानकारी गराउदैछौ। यदि तपाईंले बजारमा सेयर किन्न वा बेच्न सोचमा हुनुहुन्छ,भने यो तपाईंका लागि उपयोगी हुन सक्छ।
हेनुहोस् यस्तो छ तरिका :
अनलाइनबाट सेयर कारोबार गर्नका लागि लगानीकर्ताले ब्रोकरकहा गई सबैभन्दा पहिले ‘केवाइसी अपडेट’ गराउनुपर्ने हुन्छ। केवाइसी अपडेट नभएसम्म लगानीकर्ता अनलाइन कारोबारमा जोडिन पाउदैँनन्। जसमा अनलाइन खाता रोजेकाले अनलाइनबाट आवेदन दिन सक्छन्। त्यसपछि ब्रोकर कम्पनीले केवाइसी रुजु गरी टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा समाविष्ट गर्नेछन् भने लगानीकर्ताले ब्रोकर कम्पनीबाट ‘ट्रेडिङ यूआरएल एड्रेस’ प्राप्त गर्छन्। उक्त यूआरएल खोलेर ‘फरगेट पासवर्ड’ मा क्लिक गर्नुपर्ने हुन्छ र उक्त विन्डोमा आफ्नो युजरनेम र इमेल प्रविष्ट गर्नुपर्ने हुन्छ।
त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक उपलब्ध हुन्छ। इमेलमा प्राप्त लिंकमा गई पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ। त्यपछि ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगिन गर्न सकिन्छ। लगीनका क्रममा ओटिपी (वन टाइम पासवर्ड) लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्छन्। सो ‘ओटिपी’ स्कृनमा राखी लगिन गर्नुपर्ने हुन्छ।
अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्न सकिन्छ। त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ। सेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुपर्ने हुन्छ। त्यसपछि सेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुपर्ने हुन्छ। यसपछि कम्पनी छनौट गर्न सकिन्छ र उक्त कम्पनीको प्रविष्टित आदेशहरु हेर्न सकिन्छ। त्यही आदेश पेजमा सेयर संख्या र चाहेको मूल्य राख्नुपर्ने हुन्छ र ‘प्लेस अर्डर’ क्लिक गर्नुपर्ने हुन्छ। सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुपर्ने हुन्छ र आफ्नो डिएनए लगिन गर्न सकिन्छ।
यसपछि अन्यथा अर्डर प्लेस भएको सन्देश स्कृनमा आउनेछ। अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ। बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुपर्ने हुन्छ र ओपन अर्डरमा क्लिक गर्नुहोस्। आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्न वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्न सकिन्छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                