काठमाण्डौ। नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ३ वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवासीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन्।
उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताएका हुन्। उनले निर्माण व्यवसायीहरुले विगत ३ वर्षदेखि विभिन्न समस्याहरू भोग्दै आएको र विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन नगरेको भन्दै गुनासो गरे।
उनले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशील देखिएको बताए। राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने आशा पलाएको उनको भनाइ छ।
उनले निर्माण क्षेत्रमा भएको संवेदनशीलता र अप्ठ्याराहरूलाई बुझेर मौद्रिक नीति आएको बताए। तत्कालीन समयमा बारम्बार अप्ठ्याराका विषयमा चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने भने पनि अहिलेको सरकारले मात्रै सुनुवाइ गर्ने देखिएको उनले बताए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                