काठमाण्डौ। मोबाइल ल्यापटपजस्ता उपकरण हाम्रो जीवनमा प्रयोग हुने बस्तु हुन्। जुन हामीलाई महत्तपूर्ण छन्। अधिकांश कामहरु गर्न यि डिभाइस नभई सम्भव नै हुँदैन। धेरैको बानी हुन्छ रातभरि फोन चार्जमा राखेर सुत्ने। रातभरि फोन चार्जमा राखेर सुत्दा बिहान सय प्रतिशत चार्ज देख्दा धेरैको मन फुरुंग हुने गर्छ कि अब त जति मोबाइल चलाए पनि हुने भयो। तर उसो त हुन् पनि दिनभर काम हुने भएकाले हामी फुर्सदको समय अर्थात् रातभर यस्ता डिभाइस चार्जमा छोड्ने गर्छौँ। रातभर मोबाइल र ल्यापटप जस्ता डिभाइस चार्जमा राख्यो भने के त्यसले ब्याट्रीमा नकारात्मक असर गर्छ ? हेर्नुहोस आज हामी तपाइलाई यसबारे जानकारी गराउँदैछौ।
मोबाइल फोनको प्रयोगसँगै फोन रातभर चार्ज गर्दा त्यसले ब्याट्रीलाई असर गर्छ भन्ने भ्रम फैलियो। त्यो समयमा यो सही पनि थियो। किनभने अत्याधुनिक चार्जरको विकास नभइसकेको अवस्थामा फोन लामो समयसम्म चार्ज गर्दा फोनको ब्याट्रीलाई असर परेका धेरै घटना बाहिरिएका छन्। तर, समयसँगै ब्याट्रीमा प्रयोग हुने तत्त्व र चार्जिङ प्रविधिको पनि विकास भएको छ, जसले गर्दा रातभर फोन चार्जमा राख्दा ब्याट्री बिग्रिन्छ भन्ने भनाइलाई गलत सावित गरेको छ। तर, सबै अवस्थामा यो भनाइ ठीक हुन्छ भन्ने चाहिँ हुँदैन।
चार्जिङले कसरी काम गर्छ ?
हामीले फोन वा त्यस्तै अन्य डिभाइसलाई कसरी प्रयोग गरिरहेका छौँ । भन्ने कुराले डिभाइस बिग्रिने वा नबिग्रिने कुरा निर्धारण गरेको हुन्छ। चार्ज गर्ने सवालमा पनि यो विषय जोडिएको छ। तर, यसो भन्दैमा रातभर चार्ज गर्दा त्यसले फोनको ब्याट्रीलाई असर गर्छ भन्ने चाहिँ होइन।
हामीले प्रयोग गरिरहेका स्मार्टफोनलाई त्यसरी तयार पारिएको हुन्छ, जसले ब्याट्री लगायत त्यसभित्र रहेका अन्य भागलाई सुरक्षित राख्न सक्छ। त्यसमा ब्याट्रीलाई असर गर्ने केही अवस्थाहरू छन्। यदि ब्याट्री धेरै तातियो भने त्यसले ब्याट्रीको क्षमता घटाउँछ। यही तापको विषयसँग जोडिन्छ ब्याट्रीको क्षमता ह्रास हुने कुरा।
यदि तपाईँको फोनमा चार्ज कम छ र तपाईँले फोन चार्जमा राख्नुभयो भने फोन छिटो चार्ज हुन्छ। यसलाई कसरी पनि बुझ्न सकिन्छ भने हामी भोकाएको बेला छिटो खाना छिटो खान्छौँ। तर, अघाइसकेपछि पनि खाना छ भने विस्तारै कम खान थाल्छौँ।
यही कुरा फोनको ब्याट्रीमा पनि लागू हुन्छ। जब फोनको ब्याट्री शतप्रतिशत चार्ज हुन्छ। त्यसपछि थप चार्ज हुन बन्द हुन्छ। तर, फोनको आन्तरिक प्रणालीले काम गरिरहँदा र ब्याट्री आफैं पनि डिस्चार्ज हुने हुँदा चार्ज घटेर ९९ प्रतिशतमा आउँछ। यति भएपछि फोनमा अझ एक प्रतिशत चार्ज घट्छ। त्यसपछि पुनः ब्याट्री चार्ज हुन थाल्छ। फुल चार्ज भएपछि चार्ज बन्द हुन्छ। र पुनः ब्याट्रीको चार्ज प्रतिशत घट्छ। यही प्रक्रियालाई ‘चार्जिङ साइकल’ भनिन्छ।
ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म राख्नु उपयुक्त हुन्छ भनिएको छ। एप्पल तथा अन्य एन्ड्रोइड फोन निर्माता कम्पनीले ब्याट्रीलाई यही रेन्जमा सन्तुलन राख्ने फिचर पनि सार्वजनिक गरेका छन्।सन् २०१९ मा सार्वजनिक भएको आईओएस १३ मा अप्टिमाइज ब्याट्री चार्जिङ भन्ने फिचर छ, जसलाई इनेबल गरेको खण्डमा रातभर चार्ज गर्दा पनि ब्याट्री ८० प्रतिशतभन्दा बढी चार्ज हुँदैन।
त्यस्तै केही एन्ड्रोइड डिभाइसमा पनि यस्तो फिचर प्रयोगमा आइरहेको छ। वनप्लसले यो फिचरलाई ‘अप्टिमाइज्ड चार्जिङ’ भनेको छ भने गुगल पिक्सेल फोनमा यो फिचर ‘एडाप्टिभ चार्जिङ’ले परिचित छ। सामसङ ग्यालेक्सी डिभाइसमा पनि ८५ प्रतिशतभन्दा बढी चार्ज हुन नदिने फिचर छ। यदि फोन रातभरि चार्ज गर्नुभयो भने यस्ता फिचर अन गरेर चार्ज गर्दा राम्रो हुन्छ। जसले गर्दा तपाईँको फोनमा आउन सक्ने सम्भावित समस्याको जोखिम पनि कम गर्छ।
त्यसो भए यहाँ ‘खराब’ केलाई भनिएको हो त ?
फोनमा हुने अत्याधुनिक सुरक्षाका कारण ब्याट्रीलाई कुनै असर गर्दैन। तर, समय बढ्दै जाँदा ब्याट्रीको क्षमता घट्दै गइरहेको हुन्छ। विशेषगरी उच्च ताप, ओभर चार्जिङ, थर्ड पार्टी चार्जिङ डिभाइसको प्रयोग र ब्याट्रीको आयुका कारण ब्याट्रीको क्षमता घट्दै जान्छ।
ब्याट्री चार्ज र डिस्चार्ज हुने प्रक्रिया लामो समयसम्म चलिरहँदा ब्याट्रीको क्षमता पनि ह्रास हुँदै गइरहेको हुन्छ। यसलाई चार्जिङ साइकल पनि भनिन्छ। त्यसैले ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न उपयुक्त मानिन्छ।
ब्याट्री लामो समयसम्म चार्जमा राख्दा चार्जिङ साइकल बढी हुन्छ। अर्थात् चार्ज डिस्चार्ज हुने प्रक्रिया धेरै चल्छ, जसले गर्दा ब्याट्रीको क्षमतामा ह्रास आउँछ। यदि चार्जिङ साइकल कम होस् भन्ने चाहनुहुन्छ भने फोन रातभर चार्जमा नछोड्नु नै उपयुक्त हुन्छ।
ब्याट्री खराब नबनाई रातभर चार्ज गर्ने तरिका
यदि ब्याट्रीलाई रातभर चार्जमा छोड्नु छ भने तपाईँले केही तरिका अपनाएर फोन चार्जमा राख्न सक्नुहुन्छ। विशेषगरी फोन चार्ज गर्दा खुल्ला ठाउँमा केही कुराले नढाकी चार्ज गर्दा ओभर हिटिङको समस्या हुँदैन।त्यस्तै फोन चार्ज गर्न आधिकारिक चार्जर नै प्रयोग गर्नुहोस्। तपाईँले फोन खरिद गर्दा बक्समा जुन चार्जर पाउनु हुन्छ, त्यो नै तपाईँको फोनका लागि उपयुक्त हुने चार्जर हो।
त्यस्तै रातभर फोन चार्ज गर्नु छ भने ‘फास्ट चार्जर’ प्रयोग नगर्नुहोस्। किनभने फास्ट चार्जर प्रयोग गर्दा चार्जिङ साइकल धेरै दोहोरिन्छ। भरसक फोन रातभर चार्जमा नछोड्दा नै उपयुक्त हुन्छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                