काठमाण्डौ। सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना बीमालाई बीमा कम्पनी र सरकार दुवैले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। आफन्तले शव बुझेका छन् भने आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बीमा व्यवस्थाबारे संसद्लाई जानकारी गराएका हुन्।
उनका अनुसार पूर्णमर्मत (सी–चेक) सम्बन्धी उडानको बीमा व्यवस्था वायुसेवा कम्पनीले खरिद गरेको बीमा नीति अनुसार नै हुनेछ। सौर्यको बीमा प्रभु इन्स्योरेन्समा छ। उक्त कम्पनीसँग गरेको सम्झौता अनुसार बीमा रकम भुक्तानी हुनेछ।
नेपालको कानुन अनुसार आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुको परिवारले २० हजार अमेरिकी डलर अर्थात् नेपालीमा २६ लाख ७५ हजार ९८ रुपैयाँ० बराबर बीमा रकम पाउने प्रावधान छ। सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको आफन्तले उक्त परिमाण बराबर बीमा रकम पाउनेछन्।
प्राविधिक उडान वा सी–चेकमा जाने जहाजमा सवार प्राविधिक, पाइलट वा कर्मचारीलाई समेत यात्रु उडानका हैसियतमा बीमा भुक्तानी हुने प्रभु इन्स्योरेन्स कम्पनीले जनाएको छ। सौर्यको सी–चेकमा लैजाने उडानलाई प्राधिकरणले अनुमति दिएको र एउटा परिवार बाहेक अरू सौर्यकै कर्मचारी रहेका कारण यात्रुसरह नै बीमा भुक्तानी हुने बताएको छ।
प्राविधिक, पाइलट वा अरू जेसुकै हैसियतको भए पनि उनीहरू यात्रु नै हुने भएकाले यात्रुसरह बीमा हुनेछ। दुर्घटनापछि रि–इन्स्योरेन्स कम्पनीका प्रतिनिधि समेत नेपाल आएर अध्ययन थालिसकेका छन्।अर्कातर्फ, सरकारले समेत छानबिन आयोग बनाएका कारण उक्त आयोगको सिफारिसलाई समेत इन्स्योरेन्स कम्पनीले भुक्तानीको आधार मान्ने छन्।
प्रभु र सौर्यबीचको बीमा पोलिसी सम्झौता अनुसार प्राविधिक र क्रु मेम्बरका हकमा अतिरिक्त बीमा सुविधा समेत उल्लेख भएको भए त्यो समेत दाबी भुक्तानी हुनेछ। त्यस क्रममा यात्रुसरह पाउने बीमा भुक्तानी कटौती नहुनेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                