काठमाण्डौ। स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्याल गर्नुपर्ने हुन्छ। विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ।
अहिलेको समयमा स्मार्टफोन खरिद गर्दा त्यसमा एमोलेड वा उच्च गुणस्तरको एलसिडी स्क्रिन (डिस्प्ले) भएको किन्नु उपयुक्त हुन्छ। बजारमा विभिन्न ब्रान्डको स्मार्टफोन उपलब्ध छ। कम्पनीले भिन्न-भिन्न मूल्य रेन्जमा स्मार्टफोन सार्वजनिक र बिक्री गरिरहेको हुन्छ। ग्राहकहरूले आफ्नो आवश्यकता र बजेट अनुसारको नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्। अहिलेको समयमा स्मार्टफोन अत्यावश्यक नै भइसकेको छ।
धेरैलाई महँगो मूल्यमा किनेका मोबाइल फोन मात्रै राम्रो हुन्छ भन्ने भ्रम हुन सक्छ। तर त्यस्तो होइन। कम मूल्यमा उपलब्ध मोबाइल पनि राम्रो र टिकाउ हुन सक्छ। स्मार्टफोन किन्दा त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा गुणस्तर, ब्याट्री क्षमता लगायतका विशेषता कस्तो छ भन्ने बुझ्नुपर्छ।
आज हामीले विशेषगरी दैनिक प्रयोजनका लागि उपयुक्त जम्मा १५ हजार रूपैयाँसम्ममा पाइने पाँच स्मार्टफोनको सूची तयार पारेका छौं।
यो सूची विभिन्न वेबसाइट र नेपाली व्यवसायीहरूको सुझावमा तयार पारिएको हो।
१.रेड्मी १२सी
यो सूचीको पहिलो नम्बरमा छ( रेड्मी १२ सी। ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज क्षमता भएको यो मोबाइलफोनमा सुरुआती मूल्य जम्मा १३ हजार सात सय रूपैयाँ छ।
६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने १५ हजार ६ सय रूपैयाँ तोकिएको छ।
रेड्मी १२ सीमा ५० मेगापिक्सेलको क्यामेरा दिइएको छ। यसकारण यो फोन मोबाइल फोटोग्राफीको लागि पनि उपयुक्त मानिन्छ। नेपाली बजारमा यो फोन कालो, हरियो र बैंजनी रंग विकल्पमा किन्न सकिन्छ।
२.हनर एक्स५ प्लस
बजारमा हनर एक्स५ प्लस १४ हजार रूपैयाँमा उपलब्ध छ। ६.५६ इन्चको टिएफटी डिस्प्ले भएको यो फोनमा पछाडिपट्टी ५० मेगापिक्सेल र दुई मेगापिक्सेल गरी दुइटा क्यामेरा पाउन सकिन्छ।
यसमा फिंगरप्रिन्ट, एक्लोमिटर, प्रोक्सिमिटी जस्ता सेन्सर दिइएको छ। साथै, ५जी एलटिई, वाई(फाई, ब्लुटुथ ५.१, जिपिएस जस्ता कनेक्टिभिटी समर्थन गर्छ। यसले डुअल (दुइटा) सिम पनि समर्थन गर्छ।
३. भिबो वाई१७ एस
६.५६ इन्चको आइपिएस एलसिडी डिस्प्ले भएको भिबो वाई१७ एस ४ जिबी र्याम र ६ जिबी र्याम विकल्पमा उपलब्ध छ। यो हरियो र बैंजनी रंगमा उपलब्ध छ।
यो स्मार्टफोनले फिंगरप्रिन्ट, एक्लोमिटर, प्रोक्सिमिटीसँगै कम्पास पनि सेन्स गर्छ। यसमा ४जी एलटिई, वाई-फाई, ब्लुटुथ ५.० र जिपिएस जस्ता फिचर समर्थन गर्छ। बजारमा भिबो वाई१७ एसको सुरुआती मूल्य १४ हजार सात सय रूपैयाँ तोकिएको छ।
४. सामसङ ग्यालेक्सी ए०४
सामसङले कम मूल्यदेखि फ्ल्यागशीप फोनहरू सार्वजनिक गरिरहेको हुन्छ। १५ हजार रूपैयाँसम्ममा सामसङको स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने यसको ग्यालेक्सी ए०४ उपयुक्त हुन सक्छ।
यसको क्यामेरासँगै डिस्प्लेको गुणस्तर पनि राम्रो छ। सामसङ ग्यालेक्सी ए०४ मा मिडियाटेक हेलियो पि३५ चिपसेट दिइएको छ।
यसमा ६.५ इन्चको डिस्प्ले पाउन सकिन्छ भने यो फोन गेमिङको लागि पनि उपयुक्त छ।
५.रिअलमी सि५५
यो सूचीको अन्तिममा छ-रिअली सि५५.६ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज क्षमता भएको यो स्मार्टफोनको सुरुआती मूल्य १५ हजार पाँच सय रूपैयाँ तोकिएको छ। फोनमा एक वर्षको वारेन्टी उपलब्ध हुन्छ।
यसको बाहिरी बनावट प्लास्टिक फ्रेमले तयार पारिएको भए पनि टिकाउन र बलियो छ। यसले ब्लुटुथ ५.२, एलईसँगै वाई-फाई ८०२, डुअल ब्यान्ड समर्थन गर्छ। सुरक्षाको लागि रिअलमी सि५५ मा फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                