काठमाण्डौ। नेपालमा भारतीय ब्रान्ड बाउन्स इन्फिनिटीका इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। नेपालका लागि आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङले यी स्कुटर बिक्री गर्दै आएको छ। २०० किलोमिटर रेन्ज दिने ई१ ए सिरिजको ४० एएच ब्याट्री भेरियन्टको प्रतिमूल्य करिब तीन लाख २० हजार रुपैयाँ तोएिको छ। जुन निम्न अनुसार छन्
याडिया ब्रान्ड
चिनियाँ ब्रान्ड याडियाका स्कुटर पनि नेपालमा उपलब्ध छन्। विभिन्न मोडलमा उपलब्ध याडियाका विद्युतीय स्कुटरको प्रतिमूल्य दुई लाख रुपैयाँभन्दा माथि छ।
जिहो ब्रान्ड
नेपालमा जिहो ब्रान्डका विद्युतीय स्कुटर पनि उपलब्ध छन्। जिहोका १४० किलोमिटरभन्दा बढी रेन्ज दिने स्कुटर नेपालमा छन्।
गोगोरो ब्रान्ड
ताइवानको ब्याट्री स्वापिङ इकोसिस्टमको कम्पनी गोगोराका विद्युतीय स्कुटर समेत नेपालमा छन् । केहीअघि गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर नेपाल भित्र्याइएको थियो। गोगोरो आईएनसी र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ इकोसिस्टमसँगै क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर सार्वजनिक गरेको थियो।
सेगवे ब्रान्ड
सेगवेका विद्युतीय स्कुटर नेपालमा आइहबले बिक्री–वितरण गर्दै आएको छ। सेगवेका एन१००, ई१००, ई११० एल र ई१२५ लगायत मोडल नेपालमा उपलब्ध छन्।
नियू ब्रान्ड
इलेक्ट्रिक टु ह्वीलर ब्रान्ड नियूका स्कुटर पनि नेपालमा उपलब्ध छन्। नेपालका निम्ति आधिकारिक वितरक इको इन्फिनिटीले नियूका स्कुटर बिक्री गर्दै आएको छ।
राफ्ट इलेक्ट्रिक ब्रान्ड
आईएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले ६ भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरमा ३२० किलोमिटरसम्म रेन्ज दिने समेत रहेको जनाएको छ।
लेभ्लिङ ब्रान्ड
लेभ्लिङको नेपालका निम्ति आधिकारिक विक्रेता इन्द्रेणी अटोमोबाइलले विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले विभिन्न मोडलका स्कुटर बजारमा ल्याएको छ।
हिरो ब्रान्ड
लक्ष्मी इलेक्ट्रिक मोबिलिटी प्रालिले नेपालमा हिरोका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। ८२ देखि १६५ किलोमिटरसम्मको रेन्जका विभिन्न मोडलमा कम्पनीका स्कुटर उपलब्ध छन्। रुचाइएका यीलगायत विद्युतीय स्कुटरका दर्जनभन्दा बढी ब्रान्ड नेपाली बजारमा उपलब्ध छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                