काठमाण्डौ। ‘मिस यूनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ। हिल्टन काठमाण्डौमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो। अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, ‘मिस यूनिभर्स नेपाल २०२२’ सोफिया भुजेल र कोरियो ग्राफर दिक्पाल कार्की रहेका थिए।
त्यस्तै मिस यूनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए। अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जा लेज र पेजन्ट एन लिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत सहभागिता जनाएका थिए।
अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो। आजको फिजिकल अडिसनमा उपस्थित हुन् नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिन पश्चात् ‘मिस यूनिभर्स नेपाल २०२४’को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन्। उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइनेछ।
‘मिस यूनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ। विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने ‘मिस यूनिभर्स नेपाल २०२४’ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्ने छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpeg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                