मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको सरकारको सचिवायले जनाएको छ।
सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाएको छ। चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए।
यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो। यी सहित खाली भएका देशमा राजदूत नियुक्ति सिफारिस भएको हो।
यस्तै अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा। नेत्र तिमल्सिना सिफारिस गरेको छ।
सचिवालयका अनुसार भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मा सिफारिस भएका थिए। २४ जेठको मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
नेपाली कांग्रेस निकट उनलाई एमाले( माओवादी गठबन्धन सरकार हुँदा फिर्ता बोलाइएको थियो। फेरि कांग्रेस/एमाले गठबन्धन सरकार बनेपछि उनलाई नै निरन्तरता दिने निर्णय भएको सचिवालयको भनाइ छ।
त्यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया र डा.नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस भएका छन्।
यस्तै,सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                