काठमाण्डौ। मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा पनि महिलाहरुको योगदान छायाँमा पर्ने गर्दछ। विश्वमा लाखौं महिला छन्, जसले विश्व मानव जाति र सभ्यताका लागि निकै ठूलो योगदान गरेका छन्।
त्यसैमध्ये रामकृपा अनन्त पनि एक हुन्। जसले कार,स्कोर्पियो र एक्सयूभी डिजाइन गर्छिन। उनलाई कृपा अनन्तन पनि भनिन्छ। उनी एक साहासी महिला हुन्। उनी भारतमा जन्मिएकी हुन्। उनले एक्सयूभी ७०० देशमा धेरै माग गरिएको एसयूभी बनाउँछिन्। कार,स्कोर्पियो र एक्सयूभी जस्ता महिन्द्राका मोडलहरू पुरुषहरूको लागि मुटुको धड्कन हुन्। जो धेरै लोकप्रिय मोडेलहरूमा पर्छन्।
जसको प्रतिक्षा अवधि डेढ वर्षसम्मको छ। अनन्तनले आईआईटी बम्बेबाट मास्टर अफ डिजाइन डिग्री गरेकी छन्। उनी १९९७ मा उनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडमा सामेल भइन्। अनन्तनले महिन्द्रामा इन्टेरियर डिजाइनरको रूपमा काम सुरु गरेकी थिइन्। २००५ मा उनलाई डिजाइनको प्रमुख बनाइयो। यस अवधिमा उनले महिन्द्रा एक्सयूभी ५०० डिजाइन गरिन।
करिब १० वर्ष यो पदमा रहेपछि रामकृपा अनन्तलाई प्रमुख डिजाइनर बनाइएको थियो। त्यसपछि उनले कार ७०० एसयूभी र स्कोर्पियोको लागि तीन प्रतिष्ठित डिजाइनहरू सिर्जना गरिन। हाल अनन्तन ओला इलेक्ट्रिकमा हेड अफ डिजाइनका रूपमा काम गरिरहेकी छन्। उनी एक सफल महिला इन्जिनियर र डिजाइनरको रूपमा छन्। उनी युवा महिलाहरूको लागि प्रेरणाकी स्रोत हुन्। उच्च शिक्षा हासिल गरेकी छिन्। विशेष गरी केटीहरू जो इन्जिनियरिङ र डिजाइनिङको क्षेत्रमा करियर बनाउन चाहन्छन्। तिनीहरुका लागि उनी प्रेरणाकी स्रोत हुन्।
उनी कति छिन् धनी ?
नयाँ महिन्द्रा थारको सफलतामा धेरैको योगदान भए पनि रामकृपा अनन्तनले विशेष मान्यता पाएको छ। रामकृपा अनन्तन अटो उद्योगमा चर्चित नाम हो। उनले महिन्द्रालाई एसयूभी बजारमा क्रान्तिकारी परिवर्तन गर्न मद्दत गरिन्। मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति करिब ३३० करोड रुपैयाँ छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                