बुधबार, असार १०,२०८३ 09:16:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:16:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्जीवन बीमकहरुको खुद नाफा ५२.८०% ले बढ्यो, इपीएस कुनको कति ?

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमकहरुको खुद नाफा ५२.८०% ले बढ्यो, इपीएस कुनको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ५२.८० प्रतिशतले नाफा बढाएका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमकले गत आर्थिक वर्षमा ५२.८० प्रतिशतले नाफा बृद्धि गरेका हुन् । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा निर्जीवन बीमकहरुले ४ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्स बाहेक सबै कम्पनीले नाफा बढाउन सफल भएका छन् ।

सर्वाधिक नाफा कमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ७० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने कम्पनी बन्न सफल भएको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ६९ करोड २३ लाख रुपैयाँ नाफा कमाएर दोस्रो स्थान ओगटेको छ । यता नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरी तेस्रो स्थान ओगटेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसका साथै हिमालयन एभरेष्टले ६६ करोड ७९ लाख, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख, आईजीआई प्रुडेन्सियलले ६१ करोड २१ लाख, सगरमाथा लुम्बिनीले ६० करोड ८९ लाख, ओरियण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख, शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख, प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख, युनाइटेड अजोडले ३८ करोड ५२ लाख, सानिमा जिआइसीले ३३ करोड ७ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सर्वाधिक नाफा बढाउने कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अगाडी छ ।

कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १५६.६७ प्रतिशतले नाफा बृद्धि गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले १२६.८७ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११८.१३ प्रतिशत, युनाइटेड अजोडले १०८.११ प्रतिशतले नाफा बढाएका छन् । यता आरबीसीएलको नाफा भने १८.८० प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको नाफा पनि २.७३ प्रतिशतले घटेको छ ।

इपीएस कुनको कति ?

 अघिल्लो आवको तुलनामा गत आवमा सर्वाधिक पीएस बढाउने कम्पनीमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेको छ । दुबै कम्पनीले १८ रुपैयाँका दरले इपीएस बढाएका छन् । नेपाल इन्स्योरेन्सको इपीएस ४२.६१ रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको इपीएस ३४.०५ रुपैयाँ रहेको छ । यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको इपीएस पनि ११ रुपैयाँल ले बढेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको इपीएस २४.६७ रुपैयाँ पुगेको छ भने शिखर इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ पुगेको छ । 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको इपीएस १२ रुपैयाँले बढेर २०.२१ रुपैयाँ पुगेको छ भने हिमालयन एभरेष्टको इपीएस ७ रुपैयाँले बढेर २६.७२ रुपैयाँ पुगेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६ रुपैयाँले बढेर २३.२२ रुपैयाँ, युनाइटेड अजोड र सानिमा जिआइसीको इपीएस ३–३ रुपैयाँले बढेर १८.३५ रुपैयाँ र १६.५४ रुपैयाँ पुगेको छ । 

साथै एनएलजी इन्स्योरेन्सको भने २ रुपैयाँले मात्रै बढेर १६.४६ रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको इपीएस ५४ रुपैयाँले घटेर २३५.२७ रुपैयाँ कायम भएको छ भने नेको इन्स्योरेन्सको १ रुपैयाँले घटेर ३४.०७ रुपैयाँ कायम भएको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.