बुधबार, असार १०,२०८३ 11:51:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:51:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीवाईडीपछि स्काईवेलका बिक्रेतालाई दुःख दिने खेल, गैरकानूनी बाटोबाट अर्को बिक्रेता आएपछि अदालतमा मुद्दा

Laxmi Sunrise Bank Limited
बीवाईडीपछि स्काईवेलका बिक्रेतालाई दुःख दिने खेल, गैरकानूनी बाटोबाट अर्को बिक्रेता आएपछि अदालतमा मुद्दा

काठमाण्डौ । विद्युतीय गाडीहरुको आयातमा व्यापारिक समूहबीच अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । यो क्रममा एउटै समूहले दृश्य र अदृश्य सकेजति इभी ब्राण्डहरुलाई नेपाल ल्याउने गति समेत तीव्र देखिएको छ । केही समयअघि बीवाईडी गाडीको आधिकारिक बिक्रेताको व्यापार खोस्न नेपालका प्रतिष्ठित भनिएका औद्योगिक घरानाहरु नै हात धोएर लागेका थिए । तर, बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले त्यस्ता प्रयासहरुलाई विफल बनाउँदै बीवाइडीको एक्लो बिक्रेताको रुपमा आफ्नो पहिचानलाई स्थापित बनाइराख्न सफल देखिएको छ ।

New Office
CG Motors
Garima Development Bank

जसरी बीवाइडीको आधिकारिक डिलरसीप खोस्ने प्रयास भएको थियो, त्यही शैलीमा पछिल्लो समय प्रिमियम सेगमेन्टको इभीमा राम्रो चर्चा पाएको र ग्राहकहरुले मन पराउन थालेको चिनियाँ इभी स्काईवेलको व्यापारमा व्यापारिक समूहले अस्वस्थ खेल खेलेको छ । जसका कारण स्काईवेलको विद्युतीय गाडीको आधिकारिक बिक्रेता नेपालमा दुईवटा भएको भ्रम फैलाइएको छ । 

जी मोटर्सले स्काईवेल गाडीको आधिकारिक बिक्रेताको रुपमा महिनौंअघिदेखि काम गरिरहेको छ । यो गाडीको व्यापार वृद्धिका लागि कम्पनीले करोडौं लगानी समेत गरिसकेको छ । तर, जी मोटर्सको बढ्दो व्यापार र स्काईवेलप्रतिको आकर्षण देखेर अर्को व्यापारिक समूहले षड्यन्त्रमूलक ढंगले भाँजो हाल्ने काम गरेको छ । 

अनधिकृत रुपमा आफूलाई स्काईवेल गाडीको आधिकारिक बिक्री एजेन्टको रुपमा प्रस्तुत गर्दै स्काईवेलको नयाँ इभी भित्र्याउने र त्यसको मूल्य समेत तोकेर सार्वजनिक सूचना जारी भएपछि अर्काको बढ्दो व्यापार फुत्काउन व्यापारीहरु कुन हदसम्म तल ओर्लन सक्छन् भन्ने देखिएको छ । 

नेपालका लागि स्काईवेल गाडीको आधिकारिक बिक्रेताको रुपमा जी मोटर्स आधिकारिक बिक्रेता नियुक्त भई गाडीहरु बिक्री गर्दै आएको थियो । बिक्रेता नियुक्त गर्ने कम्पनी नान्जिङ गोल्डन ड्रागन बस कम्पनी लिमिटेड(जसलाई नान्जिङ गोल्डन ड्रागन स्काईवेलको नामले पनि चिनिन्छ) हो । तर, नयाँ आधिकारीक बिक्रेता बनेको एलआरआर ग्रुपलाई भने सिन–ई हङकङ कम्पनी लिमिटेडले आधिकारिक बिक्रेता नियुक्त गरेको देखिएको छ । एलआरआर ग्रुपलाई स्काईवेल गाडीको आधिकारिक बिक्रेता नियुक्त गर्ने सिन ई हङकङ कम्पनी चाहिँ स्काईवेल गाडी उत्पादन गर्ने कम्पनी होइन । यो हङकङ मुख्य कार्यालय रही विभिन्न विद्युतीय गाडी तथा उत्पादनहरुको ट्रेडिङ गर्ने कम्पनी हो । 

गाडीको उत्पादकको नभई बितरको साथ लिएर एलआरआर ग्रुपले भाँजो हालेपछि जी मोटर्स त्यसविरुद्ध अदालत गएको छ । 

जी मोटर्सले उच्च अदालतमा मुद्दा दायर गरेपछि यो विषय बाहिर आएको हो । जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले चिनियाँ उत्पादक कम्पनीले आधिकारिक बिक्रेताको अधिकार जी मोटर्सलाई दिएको महिनौपछि अर्को कम्पनीलाई गैरकानूनी ढंगले हाम्रो व्यापारमा छिराएपछि त्यसविरुद्ध आफूहरु अदालत गएको प्रष्ट पारे । उनले वाणिज्य विभागको समेत मिलेमतोमा यस्तो गैरकानूनी काम भएको दाबी गर्दै विभागलाई समेत प्रतिवादी बनाएर आफूहरु अदालत गएको प्रष्ट पारे । 

अर्को कुनै समूहले स्काईवेलका प्यासेञ्जर भेइकलहरुको आधिकारिक बिक्रेता लिन लागेको खबर आएलगत्तै नान्जिङ गोल्डन ड्रागन बस कम्पनी लिमिटेडलाई एक इमेल गरिएको थियो । 'तपाईहरुको नेपालका लागि आधिकारिक बिक्रेता को हो ?' भनेर सोधिएकोमा सो कम्पनीका अटो एक्सपोर्ट डिभीजनका डिजिएम थोमसले मेलको रिप्लाई गर्दै भनेका छन् -'नेपालको भक्तपुरस्थित राधे राधे ठेगाना भएको जी मोटर्स प्रालिलाई पूरा नेपालभर स्काईवेल ब्राण्डका प्यासेञ्जर भेइकलको अथोराइज्ड र एक्सक्लूसिभ डिलरको रुपमा छनौट गरिएको छ ।' इमेलको एउटा सानो व्यहोरो हेर्नुहोस्: 

कम्पनीले स्काईवेल ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता बन्ने भन्दै अन्य कोही आए तिनीहरुलाई दर्ता नगरिदिन समेत सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । 

त्यसअघि यही कम्पनीसँग भएको डिलरसीप सम्बन्धी सम्झौतामा पनि जी मोटर्सलाई नै आधिकारिक बितरक बनाइएको स्पष्ट देखिन्छ । कम्पनीले जी मोटर्ससँग गरेको सम्झौताको एउटा बुँदा हेरौं: 

तर, यस्ता आधार र प्रमाणहरु हुँदा हुँदै स्काईवेलको बढ्दो बजार र व्यापारमा अर्को समूह आएर भाँजो हाल्ने काम गरेको देखिन्छ । यसमा वाणिज्य विभागका कर्मचारीहरुको समेत नियत प्रष्ट देखिन्न ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.