बिहीबार, असार ११,२०८३ 06:02:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:02:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् । चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझदारी ५ बर्ष अवधिसम्म कायम रहने मुक्तिनाथ विकास बैंक गण्डकी क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यत्तित्वहरु  सितारम गैह्र्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, प्रेमचन्द्र भट्टराई, उप प्राध्यापकहरु, शिक्षक, शिक्षिकाहरु, समज सेवी लगायत वडा नं.९ का वडा अध्यक्ष कृष्ण सुवेदी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो । चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.