बुधबार, असार १०,२०८३ 11:20:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:20:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?

Laxmi Sunrise Bank Limited
कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसाय गर्न चाहने व्यक्तिलाई प्रचलित व्यवस्थाको अधिनमा रहि कर्जा प्रवाह गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाको जिम्मेवारी कर्जा प्रवाह गर्नु मात्रै होइन । प्रदान गरिएको कर्जा सही ठाउँमा उपयोग भईरहेको छ कि छैन भनेर निगरानी गुर्न कर्तव्य पनि हो ।  

कर्जाको उपयोगका आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गर्नु पर्ने हुन्छ । यसका लागि राष्ट्र बैंकले केही व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गरेका कर्जाको गुणस्तरको मूल्याङ्कन गरी सोहीबमोजिम विभिन्न वर्गमा वर्गीकरण गर्ने र जोखिमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ ।

New Office
CG Motors
Garima Development Bank

कर्जा प्रदान गरेका परियोजना वा व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्जा प्रवाह भई स्थापना भएको उद्योग वा परियोजना÷व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभए तापनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवा ब्याज नियमित रूपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग वा परियोजना÷व्यवसायमा प्रवाहित कर्जालाई सूक्ष्म निगरानी (वाच लिस्ट) वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.