बुधबार, असार १०,२०८३ 11:20:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:20:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?

Laxmi Sunrise Bank Limited
रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिपो’ हो । 

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंक तथा वित्तीय संस्थाको) नेपाल राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको समयावधिको लागि बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन जान्छ ।

New Office
CG Motors
Garima Development Bank

यो उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (यस बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गरेका)मात्र सहभागी हुन सक्छन् भने ब्याजदर बोलकबोलबाट निर्धारण हुन्छ । सहभागी बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँड गरिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस उपकरणमा तोकिएका सुरक्षणपत्र धितो स्वरूप राख्नुपर्ने र धितोको अधिकतम ९० प्रतिशत रकम मात्र उपयोग गर्न सकिन्छ । सफल बोलकर्ताले बाँडफाँड अनुसारको रकमको लागि खाम्ने सुरक्षणपत्र (आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र) धितोस्वरूप सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा नेपाल राष्ट्र बैंकको नाममा रोक्का राखी सोसम्बन्धी सक्कलै पत्र बुझाएपश्चात् उक्त बोलकर्ताको यस बैंकमा रहेको खातामा कबुल गरिएको रकम जम्मा गरिन्छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.