Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर,यस्ता छन् सुविधा

Global IME Bank Limited
प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर,यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । टेलिकमले शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो ।  

यो अफर आज फागुन ६ गतेदेखि सुरु भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अफरअन्तर्गत यस्ता छन् सुविधा

– साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।  

– एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको यियर्ली वान एयर टाइम प्याकेज र कम्बो यियर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।  

-कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।  

आगामीफागुन १२ गतेसम्मआफ्नो मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप्याकहरु उपयोग गर्न सकिन्छ । 

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.