काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो वर्ष आईफोनको लेटेस्ट सिरिज सार्वजनिक गर्दैछ । जसको नाम आईफोन १७ र आईफोन १७ प्रो हुनेछ । रिपोर्टका अनुसार यो फोन सिरिजमा कम्पनीले फास्ट वायरलेस चार्जिङ उपलब्ध गराउने भएको छ । जसले एकदम कम समयमा ब्याट्रीलाई चार्ज गर्न सक्छ ।
रिपोर्टका अनुसार योपटक कम्पनीले म्यागसेफ चार्जरलाई अपडेट गर्न सक्छ । जसको सहायताले प्रयोगकर्ताले फास्ट चार्जिङ फिचर प्राप्त गर्न सक्नेछन् । यो ५० वाटको फास्ट चार्जर हुन सक्ने जनाइएको छ । यो चार्जिङ क्यापिसिटी वर्तमान म्यागसेफ चार्जिङ क्यापिसीटीको तुलनामा करिब ३ गुणा बढी हो ।
एप्पलले यो पटक आईफोन १७ एयर नामको मोडल समेत लञ्च गर्न सक्ने जनाइएको छ ।
म्यागसेफ चार्जिङ प्रविधिका अनुसार आउनेवाला पावरबैंक ह्याण्डसेटको बैंक प्यानलसँग जोडिनेछ । जसमा म्याग्नेटिक फिल्डको प्रयोग गरिन्छ । एकपटक पावर बैंक ह्याण्डसेटसँग जोडियो भने फोन चार्ज हुन सुरु गर्छ । अहिले चार्जिङमा केही समय लाग्ने गरेको छ । तर अब ५० वाटको वायरलेस चार्जिङको क्रममा लाग्ने समय कम गर्न सकिनेछ ।
म्यागसेफले आगामी दिनमा नयाँ मोडल चार्जिङ प्याड लञ्च गर्न सक्छ । जुन मोडलको नाम ए३५०२ र ए३५०३ रहेनछ । यो नम्बर ताइवानको नेशनल कम्युनिकेशन कमिशनको डेटा बेसबाट सार्वजनिक भएको हो ।