कारोबार र सूचक दुवैमा गिरावट, फाइनान्स समूहमा भने चमक
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४८८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७...