पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै ४.६ गुणा बढी आवेदन
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा मागभन्दा ४.६ गुणा बढी आवेदन परेको हो । आज साझ ५ बजेसम्ममा ४ लाख ५८ हजार ५४१ आवेदकबाट ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको ५४ लाख ९८ हजार ३३० कित्ताका लागि आवेदन परेको हो ।