आईतवार, असार २१,२०८३ 11:31:14
Bizshala
  • आईतवार, असार २१,२०८३ 11:31:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पद्वारा युक्रेनसँग सम्झौता खोज्न सहयोग गर्ने पुटिनलाई प्रस्ताव, जेलेन्स्कीसँग पनि गरे कुराकानी

Laxmi Sunrise Bank Limited
ट्रम्पद्वारा युक्रेनसँग सम्झौता खोज्न सहयोग गर्ने पुटिनलाई प्रस्ताव, जेलेन्स्कीसँग पनि गरे कुराकानी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब ९० मिनेट लामो टेलिफोन वार्ता गर्दै युक्रेन युद्ध समाधानमा सहयोग गर्न तयार रहेको बताएका छन्। क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार उक्त वार्ता शनिबार भएको हो र यसलाई व्यावसायिक तथा निर्माणात्मक भनिएको छ।

उशाकोभका अनुसार ट्रम्पले वार्तामा युद्ध चाँडै अन्त्य गर्ने र कूटनीतिक समाधान खोज्ने इच्छाशक्ति दोहोर्याएका थिए। यो संवाद आगामी साता टर्कीमा हुने नाटो सम्मेलनअघि भएको हो।

New Office
CG Motors
Garima Development Bank

क्रेमलिनले पुटिनले वार्ताका क्रममा युद्धभूमिको अवस्थाबारे जानकारी दिँदै रूसी सेनाको प्रगति भइरहेको दाबी गरेको बताएको छ। साथै, मस्कोले राजनीतिक–कूटनीतिक समाधान चाहेको तर आफ्नो आधारभूत अडानलाई ध्यानमा राख्नुपर्ने बताएको छ।

त्यसैगरी, ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले समाधान खोज्ने प्रयास जारी राख्ने र उनीहरू फेरि मस्को जान तयार रहेको संकेत गरेको पनि क्रेमलिनले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग छुट्टै वार्ता गरेको र युद्ध अन्त्यका सम्भावनाबारे छलफल भएको बताएका छन्।

युद्धबारे रुस र युक्रेनबीच लगातार फरक–फरक दाबीहरू आइरहेका छन्, जसले शान्ति प्रक्रियालाई अझ जटिल बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.