आईतवार, असार १,२०८२ 10:22:04
  • आईतवार, असार १,२०८२ 10:22:04
Global IME Bank Limited

दसैँका लागि १८ सय खसी–बोका र च्याङ्ग्रा राजधानी भित्र्याइँदै

Hyundai Nepal
दसैँका लागि १८ सय खसी–बोका र च्याङ्ग्रा राजधानी भित्र्याइँदै
Nabil Bank Limited

काठमाण्डौ । आउँदै गरेका दसैँका लागि १८ सय हजार खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्रिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि उक्त परिमाणमा खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्र्याउने भएको हो । 

सम्भवतः असोज लागेसँगै खसी, बोक र च्याङ्ग्रा भित्र्याउने क्रम सुरु हुने कम्पनीले जनाएको छ ।

खसी र बोका हेटौँडा र दाङबाट र च्याङग्रा हिमालपारिको जिल्ला मुस्ताङबाट भित्र्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले १५ सय वटा खसी बोका र  ३ सय वटा च्याङ्ग्रा ल्याउने बताएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यस वर्ष खसी बोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीले खसी बोका र च्याङ्ग्रा खरिदका लागि  ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । अघिल्लो वर्ष कम्पनीलाई खसी बोका र च्याङ्ग्रा ल्याउदा घाटा भएपछि यो वर्ष कम बजेट छुट्टाइएको हो ।  

कम्पनीले गत वर्ष २ हजार खसी बोका र ५४२ वटा च्याङ्ग्रा राजधानी भित्र्याएको थियो । गत वर्ष ल्याइएका कुल च्याङ्ग्राामध्ये ४७ च्याङ्ग्रा बिक्री भएको थिएन । कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.