नेप्सेमा ३३.३३ अंकको गिरावट, सबै समूह राताम्मे
काठमाण्डौ । आइतबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.२३ प्रतिशत अर्थात ३३.३३ अंकले घटेर २ हजार ६७०.०६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले घटेर ४४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड १४...

