शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज बजारमा ७ अर्ब ८५ करोड बढीको कारोबार भयो । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भयो भने ५ वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४१ करोड १० लाखको खरिद भएको छ भने ५२ करोड १० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ६८ लाखको खरिद...

