अपि पावरले विद्युत उत्पादन क्षमता बढाउने, ५० मेगावाटको दिव्य ज्योति हाइड्रोलाई प्राप्ति गर्ने निर्णय
काठमाण्डौ । अपि पावर कम्पनीले विद्युत उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले दिव्य ज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति गर्ने भएको हो । अपि पावरले सो कम्पनीले प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने जनाएको छ ।