आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन ब्रोकरबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, नेपाल स्टक हाउस र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

