रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया पुनः सुरु, अदालतको आदेशपछि बोर्ड अगाडि बढ्यो
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले करिब एक वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (IPO) प्रकृयालाई पुनः अघि बढाउन अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनले जारी गरेको परमादेशलाई कार्यान्वयन गर्दै कम्पनीलाई शेयर निष्कासनको बाटो खुलेको औपचारिक जानकारी दिएको हो।

