आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । गत शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमै कारोबार भएको थियो ।