सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो । आज सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।