ह्वात्तै घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आजको कारोबारमा सुनको मूल्य १.३३ प्रतिशत अर्थात ४५.७५ डलरले घटेको छ । यो गिरावटसँगै यतिेबला सुनको कारोबार प्रतिऔंस ३ हजार ३८४ डलरमा भईरहेको छ । अमेरिका र युरोपेली युनियनबीच १५ प्रतिशत ट्यारिफ लगाउने विषयमा सम्झौता हुने सम्भावना बढेसँगै सुनको मूल्य घट्न पुगेको विश्लेषकहरुले बताएका छन् ।