अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै सुनको मूल्य इतिहासकै उच्च
काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई चुमेको हो । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।