सुनको मूल्य प्रतिऔंस ३३ सय डलरतर्फ अग्रसर, एकैदिन ६० डलरले बढ्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३ सय डलरतर्फ आग्रसर भएको छ । आजको कारोबारमा सुनको मूल्य १.८४ प्रतिशत अर्थात ६० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार २८१ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण लगानीकर्तामा छाएको अन्यौलता र कमजोर बनेको डलरका कारण सुनको मूल्य बढेको हो ।