सुनको मूल्य एकैदिन ३ हजार ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।