आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।