आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा ओरालो लागेसँगै आज घरेलु बजारमा समेत सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।