नेप्सेमा दुई कम्पनीको ३७.६५ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र नेशनल लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।