प्रतिबन्धका कारण रुसबाट भारतको तेल आयात १२ महिनाकै न्यून विन्दुमा
काठमाण्डौ । भारतको प्रमुख आपूर्तिकर्ता रूसबाट कच्चा तेलको आयात जनवरीमा लगातार दोस्रो महिना पनि घटेको छ । यो गिरावट एक वर्षको सबैभन्दा धेरै हो । कडा पश्चिमी देशकरुको प्रतिबन्धका कारण आपूर्तिलाई प्रभावित गरेको हो । विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता भारतले रुसी तेल आयातमा आएको गिरावटको भरपाई इराकी तेलको आयात बढाएर गरेको तथ्याङ्कले देखाएको छ।