मस्कको लागूऔषधको लतबारे टेस्लाका निर्देशकहरु जानकार,मस्क दुखी हुने डरले आफु पनि गर्थे सेवन
काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा धनाढ्य एलन मस्कले अवैध लागूऔषध प्रयोग गर्ने गरेको बारे टेस्ला इंक र स्पेसएक्सका अधिकांश वर्तमान र पूर्व निर्देशकहरु जानकार रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलले शनिबार एक रिपोर्ट जारी गर्दै यस्तो जनाएको हो ।