उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो
काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ । उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।

