हिमालयन बैंकको २.८० करोड कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनी हविव बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । हविव बैंकले मूल्य तोकी एकमुष्ट सम्पूर्ण संस्थापक सेयर अर्थात २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको हिमालयन बैंकले जनाएको छ ।