अमृत तेल बेच्ने अन्नपूर्ण भेजिटेबलको व्यापारमा छलाङ: एकै वर्ष करिब १३ अर्ब कारोबार, तर ऋणको भारी अझै उच्च
काठमाण्डौ। अमृत, सनस्टार र रानी ब्राण्डका खानेतेल बिक्री गर्दै आएको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिको कारोबारमा अस्वाभाविक छलाङ देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ।अघिल्लो उपलब्ध विवरणअनुसार कम्पनीको कारोबार ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँमा सीमित थियो। त्यसको तुलनामा गत आवमा कम्पनीको व्यापार करिब २४४ प्रतिशतले...

