आगामी बजेट नीतिगत सुधार र कर कटौतीमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको घोषणा
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटलाई नीतिगत सुधार, कर प्रणालीमा पुनरावलोकन, सुशासन प्रवर्द्धन र निजी लगानी आकर्षणमा केन्द्रित गर्ने बताएका छन्। कर दर घटाएर खपत र राजस्व दुवै बढाउन सकिने सरकारको दृष्टिकोण रहेको उनको भनाइ छ।

