अस्ट्रियाको विजयी शुरुवात, जोर्डनलाई ३–१ ले पराजित
काठमाण्डौ । समूह ‘जे’ अन्तर्गतको रोमाञ्चक खेलमा युरोपियन टोली अस्ट्रियाले एसियाली राष्ट्र जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ। जितसँगै अस्ट्रियाले तीन महत्वपूर्ण अंक जोडेको छ भने जोर्डनले हार बेहोरे पनि विश्वकप इतिहासमा पहिलो गोल गर्दै उल्लेखनीय उपलब्धि हात पारेको छ।

